रास्वपा सांसद डा. तोशिमा कार्कीले संसदीय बैठकमा अनुपस्थितिको विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छन्। उनका अनुसार करिब १५–१८ दिनअघि बुवाआमा सवार कार दु'र्घटनामा परेको थियो। दु'र्घटनापछि स्थानीय युवाहरू र प्रहरीले उद्धार गरी अस्पताल पुर्याएका थिए।
बुवा अहिले सामान्य अवस्थामा छन् भने आमाको छातीमा पाँच वटा करङ भाँचिएको र रगत जमेकाले उनी अझै बेडरेस्टमा छन्। आफू सर्जन भएकाले आमाको उपचार घरमै निगरानीमा गरिरहेकी कार्कीले बताईन।
उनी काठमाडौँभित्रका बैठकहरूमा सहभागी भइरहे पनि आमाको अवस्था सामान्य नभएकाले उपत्यकाबाहिर जान नसकेको जनाएकी छन्। रूपन्देहीको बैठकमा जान नसक्ने जानकारी पार्टी नेतृत्वलाई पहिल्यै दिइसकेको बताएकी छन्।




















