नानीबाबुले जंकफुड खानु हुन्न
स्कुलजाँदा मोबाइल लानु हुन्न
अब कसैले रामायण लेखे पनि
तनहुँ आचार्य कुलको भानु हुन्न
जेष्ठ नागरिकको सम्मान गर्दैमा
कुनै अनुज यथार्थमा सानू हुन्न
वर्षामा खोला र नाला बढेका हुन्छन्
कसैले जाऊँ भन्दैमा त्यता जानू हुन्न
धनीको घरमा खाना फालेका हुन्छन्
गरिबकोमा चामल एक मानु हुन्न
• देवी पन्थी ///




















