प्राज्ञ विवश पोखरेलकी धर्मपत्नीको निधन भएको नवौं दिनको अवसरमा आज एक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। उक्त अवसरमा चांदनी फिल्म्सका अध्यक्ष केशव रायमाझीले चांदनी फिल्म्स परिवार तथा विराटनगरमा सक्रिय रंगकर्मी र चलचित्रकर्मीहरूको तर्फबाट दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन्।
श्रद्धाञ्जली कार्यक्रम पोखरेल निवासमै आयोजित गरिएको थियो। अध्यक्ष रायमाझीले पोखरेल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे।
कार्यक्रममा केही स्थानीय कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
रायमाझीले चलचित्र चांदनी फिल्ममा तथा समाज, कला र संस्कृतिमा पोखरेलले पुर्याएको योगदान स्मरणीय रहेको उल्लेख गर्दै, दुःखको यस घडीमा पोखरेल परिवारसँग एकाकार भएर संवेदना व्यक्त गरे।




















