केराबारी । प्रतिबन्धित लागु औषध कारोबार गर्ने केराबारी ७ दाहाल चोकमा मुगु मेडिकल संञ्चालन गर्दै आएका मेडिकल संञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

लागु औषध कारोबार तथा विक्री वितरण गर्ने गरेको विशेष सूचनाको आधारमा नेपाल प्रहरीको अनुसन्धान व्युरो टोलीले मुगु मेडिकलका संञ्चालक विशाल दाहाललाई पक्राउ गरेको हो । अनुसन्धान अगाडि बढाइएको छ । पसलबाट ठूलो परिमाणमा टमाडोल औषधी फेला परेपछि उनको पसल समेत शिल गरेको छ।