आजको दिन पञ्चमी पूजा नागकाे गर्ने हो।
भू क्षय पैराे बाडीकाे प्रकाेप् सब्थाेक रोक्ने हो
वसन्त देखी लागेको बर्षा बिउ बीज छर्नलाई।
लगाकाे बाली फलाई अन्न भकारी भर्नलाई।
लौ आज देखि लागेछ हिउँद् घाम लागे झलल।
पाखा र पर्वत खुल्ने छन् अब हिमाल टलल ।
सुरुवात भयाे चाडकाे लर्काे आउनेछन् हरर।
म गीत गाउँने बसेर आजै तीजका सरर
गलेका कति किसान हामी खेतको कामले।
थकान मार्दै खुसी ल्याउने यी चाड पर्वले
तीजका गीत लयमा हाली दाेहोरी गाउँने हो।
बाबाको आँगन छम्छम नाच्दै रमाइलो पार्नेछौँ।
नेपाली हामी यी हाम्रा चाहाड सबैले मनाउँ है
विदेशी फेसन् छोडेर साथी चौबन्दी लगाउँ है
हिमाली पाखा डाँफे मुनाल नाचेकाे हेर्न पाउँ
सबैको मुखमा राष्ट्रिय भाषा लैवरी सुन्न पाउँ।
शारदा कार्की
विराटनगर




















