विराटनगर । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा आइतबार डुबेर बेपत्ता भएका मोरङका दुई युवकको शव भेटिएको छ । 

गोसाइँकुण्डबाट उद्दारमा खटिएको सुरक्षाकर्मीको टोलीले उनीहरूको शव निकालेको जनाइएको छ ।

मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन् । 

सोमबार विहान १० बजेतिर उनीहरूको शव निकालिएको जानकारी प्राप्त भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्  । 

न्यौपाने र ढकालसहित १३ जनाको समुह काठमाडौंबाट शनिबार गोसाइँकुण्ड गएका थिए । 

आइतबार गोसाइँकुण्ड पुगेर नुहाउनका लागि उनीहरू भने गहिरो भागमा पसेका कारण डुबेका थिए । सँगै गएका साथीहरू भने गोसाइँकुण्डमै रहेका छन् ।