विराटनगर। मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषधसहित पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
साउन २ गते कोशी गाउँपालिका–१ मा खटिएको लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले चेकजाँचका क्रममा कोशी गाउँपालिका–२ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद गरेको छ।
त्यसैगरी, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र–९ का १९ वर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी ३०५ थान प्रतिबन्धित औषधिसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको छ।




















