मोरङ। बुढीगंगा गाउँपालिका,६ स्थित कोयलपुर नहर नजिकको झाडीभित्र गत शनिबार अपराह्न नग्न अवस्थामा भेटिएको युवतीको शवको पहिचान अझै खुल्न सकेको छैन। शव सडेको अवस्थामा फेला परेको हुँदा पहिचानका लागि प्रहरीलाई कठिन परेको हो।प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार, शवसँग पाइएको लुगा र झुम्काको आधारमा युवतीको पहिचान गर्ने प्रयास गरिरहेको बताए।  तस्बिरमा देखिएका लुगा र झुम्कालाई चिनेका व्यक्तिहरूलाई प्रहरी वा पीडितको परिवारलाई जानकारी दिन आग्रह गरिरहेको छ।