उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण लोकमार्गमा जाँचको क्रममा प्रहरीले तरकारी बोकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । 

सोमबार अपरान्ह कटारीबाट सिरहाको मिर्चैयातर्फ जाँदै गरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई जाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाईएर लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै गाडी र चालक धनकुटा सहिदभूमि–२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान कानूनी कारवाही भइरहेको बताइएको छ ।