न जलमा न थलमा न आकाश गङगा 

न मठमा न मंन्दिर न गंगा किनारा

प्रभु कृष्ण काहां हुनुहुन्छ भनि पुकारे 

            काहां मखोजौ प्रभु रामलाई 

कांहा हुनुहुन्छ भनि भौतारियर घुम्न  थाले 

सबैतिर्थमा गै नुहाई पुजा गर्न थाले 

तर मैले भेटिन प्रभु कृष्ण लाई

यतिकैभौतारियर धेरै दिन बित्न थाल्यो 

यतिकैमा प्रभु रामको कृपा मिल्न गै गो

प्रभु आफुनै कोहि सन्तग्यानि भै मिलि दिनु भो

         काहां मखोजौ प्रभु राम लाइ 

अनिआफै मलाई गुरु भयर ग्यानको उपदेश दिनु भो ।न खोज बाहिर हेर आफु भित्र 

बसेको हुनुहुन्छ कृष्ण भगवान अखण्ड जोति भयर ।

जहां प्रभु सुर्यको अखण्ड जोति झलमलाई रहन्छ ।

जाहां पारब्रह्मको अखण्ड नाद(संख घन्ट को बाजा) गुन्जि रहन्छ ।

सबै ब्रह्म तत्व को ग्यान जनाई दिनु भो ।

    जगत गुरु श्री कृष्ण परमस्तु ।


           पबित्रा पोखरेल