अचेल मलाई बरू दौरा को भर लाग्छ कुर्ती को भर लाग्छ
अचेल मलाई बरू चुरोट को भर लाग्छ सुर्ती को भर लाग्छ
चेतन सिल मानव भनाउदा प्रति सम्पूर्ण भरोसा टुटे पछि
अचेल मलाई बरू भगवान् को भर लाग्छ मूर्ति को भर लाग्छ !
मुक्तक-:२
साहु ले सुल भूले पछि सक्किगो नि हैनर
खोला ले मूल भूले पछि सक्किगो नि हैनर
प्रकृतिमा सबै कुरा को आफ्नै महत्व हुन्छ
पराग ले फूल भूले पछि सक्किगो नि हैनर !
मुक्तक-:३
पात्र तेही स्थान तेही वात फरक हुन सक्छ
पात्र तेही अन्धकार तेही रात फरक हुन सक्छ
यो परिवर्तन शील संसारमा भर कसैको नगर्नु
बोली तेही मुस्कान तेही घात फरक हुन सक्छ !
मुक्तक-:४
यहाँ कदर उसैको हुन्छ जस्ले झूटा वात गर्न जानेको हुन्छ
यहाँ कदर उसैको हुन्छ जस्ले ठाडो घात गर्न जानेको हुन्छ
सज्जन सिधा कर्म गरेर अर्काको लागि मरेर महान हुन खोज्छन
यहाँ कदर उसैको हुन्छ जस्ले अर्कालाई बर्बात गर्न जाने को हुन्छ !
लब खड्का
बुढानिलकण्ठ काठमाडौं
जय भद्रकाली !




















