हो !   ईस्वरको   जीवन्त रुप  हुन् आमा

शान्तिको प्रर्यायवाची अनुरुप हुन् आमा


गाएर कहिल्यै सक्दै नसकिने! आमाको महत्वः

सन्तानका   लागि   सूर्यकी   धूप   हुन्   आमा 


कैले कठोर  त  कैले  कोमल  ह्रिर्दयकी  देखिने

लक्ष्मी, भगवती र सरस्वतीकी स्वरुप हुन् आमा


पिताजीको याद पनि विर्साईदिन सक्ने 

माता–पिता, जस्ती ! बहुरुप हुन् आमा


जिन्दगी अँध्यारो बाट उज्यालो तिर लैजाने

उच्च   शिक्षाकी  प्रथम  प्रारुप  हुन्  आमा


प्रिन्स–प्रमोद कुमार ढकाल, विराटनगर–१३