विराटनगर । मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट अवैध हतियार पेस्तोल सहित २ जना युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले विशेष सुचनाको आधारमा घरमै पुगेर हतियार सहित युवालाई पक्राउ गरेको थियो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार स्थानीय दिनेश मण्डलले भुस राख्नलाई टाटीबेरा र टिनको प्रयोग गरेर बनाएको छाप्रोभित्र प्लाष्टिकले बेरिएको अवस्थामा पेस्तोल लुकाइराखेको अबस्थामा बरामद गरेको थियो । ‘मेड इन जापान’ लेखिएको एकथान सिक्सर पेस्तोल प्रहरीले नियन्त्रणमा लिईसकेको छ । प्रहरीले सोही स्थानबाट एकथान खुकुरी, एक थान नक र मोबाइल फोन पनि बरामद गरेको छ ।