ऊ मेरो अगाडि रोएको झैँ गर्छ
जति पर जान्छु उति वर सर्छ।
के छ त्यो मनैमा बताऊ खुलेर
नत्र तिम्रो सामु मेरो आँसु झर्छ।
दुख र सुखको बनाएर साथी
न भनेर केही मन भित्रै मर्छ
मनमा फुलाऊ सातै रङ्गी फूल
जता जान्छौ तिमी उतै बास्ना छर्छ
यहाँ ठुलो बन्ने रहर छ भने
समयको सधैँ ख्याल गर्नु पर्छ
सञ्जना शर्मा
लमही दाङ




















