चितवन निकुञ्जबाट सालकको खपटासहित ५ जना पक्राउ
- असार ३१, २०८२
- २९१ पटक पढिएको
विराटनगर।चितवन,दुर्लभ वन्यजन्तु सालकको खपटासहित टिकौलीबाट पाँचजना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जमा तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको टोलीले सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका व्यक्तिको विवरण भने निकुञ्ज कार्यालयले खुलाएको छैन । तीनवटा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले बताए ।




















