नेपाली आकाशका

साहित्य र संस्कृतिका

प्रथम सूर्य 

तनहुँको

रम्घामा उदाएर

नेपाली जनलाई

अँध्यारोबाट 

उज्यालो तर्फ 

ल्याएको सत्य हो।


कसैले भन्छन् 

एशियाको सूर्य 

जापानबाट 

उदाउँछ

तर सत्य बोल्दा

नेपालको सूर्य 

नेपाबाटै उदायो 

तनहुँबाट उदायो

सारा नेपाल 

प्रकाशमय बनायो ।


संसारका 

हरेक कुनामा

जहाँजहाँ

नेपाली छन् 

जहाँ जहाँ

नेपाली पुगे

त्यहाँ त्यहाँ

उज्यालो पुर्‍यायो

भानुको 

रामायणले।


सारा नेपालीलाई

एक सुत्रमा

एउटै धागोले 

कसेर 

भाषिक एकता

र सम्बन्ध 

विस्तार गरे

ज्ञानको ज्योति छरे

भानुले जे गरे

असल गरे।


मोतीरामले

बादलभित्र लुकेका 

भानुलाई

हावा हुरी र

बतास चलाई

बादलबाट

 बाहिर ल्याए

भानुलाई चिनाए।


साहित्यका भक्त थिए, 

भानुभक्त उनै 

सकिदैन  भेटाउन,

  दिए  पनि  सुनै


कतिवटा राम्रा काम,

गर्‍यौं थाहा छैन 

मीठो लेखे रामायण ,

 लगाएर गुनै


धेरै पढ्छु को छ राम्रो, 

शहरमा कवि 

म त डौडीपुग्छु आफैं,

भानुभक्त छुनै 


आधुनिक साहित्यको, 

तीव्र भयो गति 

हाम्रो साझा भाषा बन्यो,

अरू छैन कुनै


अंग्रेजी र जापानीले

 पाए भाउ निकै

हाम्रो भाषा लागेको छ

 भित्रभित्रै रुनै 

• देवी पन्थी //////