भानुभक्त हुन नेपालका अादि कवि
उच्च छ राष्ट्रमा उनको सधैँव छवि।
उदाए भानु नेपाली साहित्य जगमा
उदाउँछन् जसरी बिहानीपख रवि।
मनाउँदै गर्दा जन्म उत्सव भानुको
प्रेरणा लिअौँ इन्द्रीय राख्नुपर्छ दबी।
भगवान् भन्दा कम लाग्दैनन् किन भानु
आउन सक्छन् पुन: लोकमा बनी नबी
चम्किला नक्षत्र हुन बुझौँ भानुभक्त
चम्किए उनी त जसरी चम्कन्छ पवि।
तेजप्रसाद खनाल दाङ




















