मनमा गुम्सिएका भावनाहरु सबै,
परम्परा को बलि चढिसकेछन् ,,
तिम्रो श्पर्शबोध मा प्रतिक्षारत नेत्रहरु ,
अव्यक्त प्रतिक्षामा नै थिए,,
तर तिमी -
दिनको तरंग मा आएनौ,
रात्रीको श्वप्निल क्षणमा आएनौ,,
हाँसोको परिकल्पनामा आएनौ,
रोदनको स्वरमा पनि आएनौ ,,
हृदयको उष्णतामा आएनौ,
मनको अंतर्द्वंन्दमा पनि आएनौ,,
जीवनका बांगाटिंगा गल्छेडाहरु बाट -
आयौ त के आयौ तिमी ,
जीन्दगीको क्यानभाषको-
सम्पुर्ण रंगहरु उत्रेपछी मात्र आयौ ।
रेणु उपाध्याय।




















