विराटनगर । पर्याप्त बर्षात नहुँदा आकाशे पानीको भरमा धानखेती गर्दै आएका मोरङका किसानको खेत बाजो भएको छ। सिँचाइको ब्यवस्था नरहेको तथा पर्याप्त बर्षात नहुँदा किसानको खेत खडेरी लागेको हो।धानको बीउ ब्याडमै सुकेर मर्न थालेपछि किनार निरास भएका छन्।

मोरङ जिल्ला विभिन्न खेती योग्य जमिन्मा धान उत्पादनको हिसावले पकेट क्षेत्र मानिन्छ । 

नेपालमा धेरै धान फल्ने झापा जिल्लापछि मोरङको नाम आउँछ । तर यो वर्ष समयमै पर्याप्त वर्षा नभएपछि मोरङ जिल्लामा धान रोपाइँ ढिला भएको छ । 

आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण जिल्लाका अधिकांश खेतीयोग्य जमिन असारको अन्तिम सातासम्म बाँझै छन् । 

मोरङमा प्रायः जेठ महिनाबाट सुरु भई असारको दोश्रो हप्तासम्म वर्षे धानको रोपाइँ हुने गर्दछ । तर यो वर्ष पानीको अभावमा किसानले आफ्नो खेत बाँझै राख्न बाध्य छन् । 

आकाशे पानीको भरमा खेती गर्दै आएका मोरङको अधिकांश किसानले हालसम्म रोपाइँ गर्न पाएका छैनन् । 


IMG20250713153225