विराटनगर । पहाडी जिल्लाबाट अवैध रुपमा ल्याइएको अवैध गाँजा मोरङको कटहरी हुदै भारत तर्फ तस्करी गरेर लैजादै गरेको गाँजा प्रहरीले ट्रक सहित बरामद गरेको छ ।

 प्रहरीले शनिबार राति बन्दाकोभी लोड गरिएको ट्रकबाट ३ हजार १ सय ५० किलो गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–३ स्थित कटहर चोकमा राति साढे १२ बजेतिर चेकजाँच गर्दा को १ ख ४५१८ नम्बरको ट्रकमा लुकाइ राखिएको गाँजा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, ट्रकमा देखिनेगरी बन्दाकोभीका बोरा राखिएता पनि ती बोरामुनि १ सय ५ वटा गाँजाका बोरा लुकाइएको फेला परेको हो। बरामद गाँजाको कुल तौल ३,१५० किलो रहेको छ।ट्रक जाँचका क्रममा प्रहरी देखेपछि चालक फरार भएका छन् । फरार चालकको खोजी तीव्र पारिएको चुडालले जानकारी दिएकि छन्  ।