विराटनगर।काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले वामपन्थी आन्दोलन विभाजित हुनुमा मुख्य जिम्मेवारी नेकपा एमाले नै रहेको बताए ।

अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको हो । एमालेले वामपन्थी एकतामा अग्रसरता लिएमा ठूलो संख्याको वाम शक्तिहरू एकताबद्ध हुन सक्ने सम्भावना अझै बाँकी रहेको बताएका छन्। पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुने चर्चाका सन्दर्भमा पनि खुलेर अभिव्यक्ति दिदै विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो। भन्ने महसुस गरेर राजनीतिमा पुनः प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र नेतृत्वको दाबी गर्ने हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ।झरनाथ खनाले जनाए।