विराटनगर।काठमाडौँ,शुक्रबार डाकिएको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा नेपालको पहिलोपटक यति छोटो अवधिमा सकिएको छ। आन्तरिक द्वन्द्वका कारण करिब साढे ६ महिनापछि बसेको बैठक जम्मा ४५ सेकेन्डमै टुंगिएको हो। बैठकमा अरू सदस्यलाई आफ्नो कुरा राख्ने, प्रतिक्रिया दिने, चिन्ता व्यक्त गर्ने मौका समेत दिइएन। यो घटनाले धेरैलाई अचम्ममा पारेको छ।

सामाजिक सञ्जालमा धेरैले यो व्यवहारलाई आलोचना गर्दै लेखेका छन्। युवा नेताहरूबाट सबैले सहकार्य, समन्वय र छलफलको आशा गरेका थिए। बालेन शाह जस्ता जनप्रिय मेयर जसलाई भविष्यको प्रधानमन्त्रीको रूपमा पनि हेरिँएको छ। उनीबाट यस्तो एकपक्षीय कार्यशैली अपेक्षित थिएन भन्ने आवाज उठिरहेको छ।