विराटनगर।काठमाडौं , स्पेनको औपचारिक भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका हुन्।
उनी कतार एयरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन्। संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन भ्रमणमा गएका थिए। उनी असार १४ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, स्तोनियाका राष्ट्रपति अलार कारिससँ शिष्टाचार भेट गरेका थिए। उनले स्पेनका विभिन्न क्षेत्रको भ्रमण तथा अवलोकनसमेत गरेका थिए।




















