विराटनगर।काठमाडौँ ,इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेंगी संक्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ ।

यसवर्ष करिब ६० हजार जना डेंगी रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाले लगाएको छ। महाशाखाद्वारा आयोजित अन्तक्रियामा विज्ञहरुले डेंगीबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताएका छन् ।

कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगी सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिनाभन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने बताए। 'झुल, धुप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि घर बाहिर निस्किएका बेला भाइरसयुक्त लामुखेट्टले टोकेर सारिदिन सक्छ । त्यसैले स्थानीय पालिकाहरुको समयन्वयमा त्यस्ता लामखुट्टेको फुलसहित सबै चक्र नष्ट गरिदिनुपर्छ,' उनले भने ।