विराटनगर।काठमाडौं,पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन्। नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन्।
उनले आफ्नो सचिवालयमा सरकारका तर्फ रहेका एक उपसचिव, एक शाखा अधिकृत, एक जना कार्यालय सहायक पनि फिर्ता गर्न गृहलाई पत्र लेखेको बताए।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जानकारी दिएको छ।




















