उसलाई  भेटियो अनि धन भेटियो

गज्जब भो लाह्सामा मदन भेटियो।


सुस्केरा हाल्दै बोल्नुभो आमा पनि 

वर्षौंपछि हराएको धड्कन भेटियो।


निर्धनपुर थियो बस्तीको नाउँ चाहिँ 

तर घरै पिच्छे धनि महाजन भेटियो।


जसलाई निष्ठुरी  सोचेको थिएँ मैले

उसैभित्र  पो  सहयोगी मन भेटियो।


अझै पनि बदलिएको रहेनछ  गाउँ 

पानी कै घट्ट भेटियो आरन भेटियो।


 नवशिला।

बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ।