विराटनगर।दोलखा,जिल्लामा सञ्चालित क्रसर उद्योगहरूले ठूलो रकममा राजस्व छलेको पाइएको छ । तामाकोसी नदीको आसपास सञ्चालित क्रसरहरूले आयकर नतिर्ने तथा मूल्य अभिवृद्धि कर (भ्याट) छल्न विवरण लुकाउने गरेका पाइएको छ । 

आइतबार आन्तरिक राजस्व कार्यालयले प्रहरीसँगको सहकार्यमा भीमेश्वर नगरपालिका–५ किराँती छापमा आयकर नतिरेका र भ्याट छली गरेका नौ वटा रोडा बालुवा बोकेका टिपर नियन्त्रणमा लिएको छ । जसमध्ये ७ वटा टिपर एकै क्रसरबाट भ्याट बिल काटिए पनि राजस्व कार्यालयमा विवरण नभरेको पाइएको छ ।

आयकर र भ्याट छली गरेपछि निलम्बनमा परेको क्रसर उद्योगबाट अवैधानिक भ्याट बिल काटिएको फेला परेपछि कारोबारको अंक अनुसार क्रसर उद्योगहरूले मासिक र त्रैमासिक रूपमा २५ गतेसम्म कर दाखिलाको लागि खरिद बिक्रीको विवरण दाखिला गर्नुपर्ने नियम छ ।