भुँडी फुट्ने गरि खाइसक्योअझैं चाखेको छैन भन्छ

खल्तीमा हालिसक्यो मैले हात नै लाएको छैन भन्छ

नत कसैले  चोर भनेको  छ नत उसलाई सोधेको छ,

जो आफैं चोर हो ठूलो स्वरमा मैले चोरेको छैन भन्छ!

मुक्तक २

ठिकै  छ अनेक  षड्यन्त्र  रच्लान्  फसाउलान् 

बिरोधिहरु दुध जस्तै बेस्सरी उम्लिएर आउलान् 

गलत विरुद्ध बोल्ने युवाका मुख  थुन्ने भ्रष्टहरुले,

भगवान के  उनीहरुले  खुसी र सुख पाउलान् ?

मुक्तक ३

म रित्तो छु जिन्दगी चलाउने हराएको छ झोला साथी 

खै यस्तो अफ्ट्यारो समयमा कसरी बाच्ने होला साथी 

सबैको लागि राम्रो सोच्दा सोच्दै पनि अपजस पाएपछी,

खै मलाइ  भनिदिनुस् त  कस्को मन पो नरोला साथी 


पारस भट्ट "प्यासी "मेलौली नगरपालिका २ 

सुन्दर भूमि सेलि बैतडी