जब दुख ले 

पार पाउछ 

एक दिन मेरो पनि 

हास्ने दिन आउछ 

अनि म हास्दै

 भन्ने छु 

मलाई अनाहक 

रूवाउनेहरू हो 

अब रूने पालो 

तिमीहरू को 

हो ! 


एक दिन मेरो 

आङ्गमा पनि 

घाम लाग्ने छ 

अनि म न्यानो 

हुदै भन्ने छु 

मेरो जीवनमा 

ओस पठाउनेहरू 

हो 

अब कक्रने पालो 

तिमीहरू को 

हो ! 


एक दिन म पनि टन्न 

अघाउने छु अनि 

तृप्त हुदै भन्ने छु 

मेरो गाँस खोस्नेहरू 

हो 

अब भोकै बस्ने 

पालो तिमीहरू को 

हो ! 


एक दिन मेरो 

जीवन बाट पनि 

डर हराउे छ  

अनि म निर्डर भई 

भन्ने छु 

मलाई अकारण 

तर्साउन आउनेहरू 

हो 

अब तर्सने पालो 

तिमीहरू को 

हो ! 


एक दिन जब 

म निरोगी हुने छु 

अनि 

स्वस्थ भई 

भन्ने छु मलाई 

रोगी बनाउनेहरू 

हो 

अब बिमारी हुने 

पालो तिमीहरूको 

हो ! 


यस्तै यस्तै कल्पनामा 

डुबी रहेको 

एउटा मजबुर 

जीर्ण शरीर ले 

व्यस्त सडक को 

पुल मुनी दिनदहाडै 

कति खेर प्राण 

त्याग गर्यो 

बाटो हिड्ने 

व्यस्त बटुवा 

ले पत्तै 

पाएनन 


तैपनि बिरामी कुरेर 

बसी रहेका लासको 

वरपर मौजुद 

झिँगाहरू ले 

देख्नासाथ 

आपत्त कालीन 

बैठक बोलाई 

त्यो दुखीको 

देहलाई एक्लै 

छोडे अन्याय नै 

हुने निष्कर्ष निकाले 

पश्चात समीप 

पुगेर 


त्यो गरिबको लासलाई 

हूलका हूल झिँगा को 

बथान ले चुमी 

रहे वरपर भन 

भनाउदै 

घुमी रहे 

कुरी रहे 


चुमी रहे 

घुमी रहे 

कुरी रहे 


चुमी रहे 

घुमी रहे

कुरी रहे 

बाचुन्जेल एक्लो 

जीवन बिताउन 

लाचार मृत तनलाई 

इमानदारीका साथ 

चौतर्फी घेरेर उ टुहुरो 

भएको भान पटक्कै 

हुन दिएनन 

अहँ पटक्कै हुन 

दिएनन!


लब खड्का 

बुढानिलकण्ठ हात्तिगाँडा काठमाडौ  ६

  जय भद्रकाली !