विराटनगर। प्रत्येक वर्ष असार १५ गते मनाइने राष्टृिय धान दिवस खेतमा काम गरी दही चिउरा खाएर मनाइँन्छ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाएर असार १५मनाउँछन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।किसानले मानो रोपेर मुरि उब्जाउँने र वर्ष भरी खाने आजबाट रोपाइ सुरु भएको छ।