विराटनगर।शुक्रबारदेखि विराटनगरमा दुई दिने श्रावण मेला सुरु भएको छ । माहेश्वरी महिला मञ्च विराटनगरले दुई दिने श्रावण मेला आयोजना गरेको हो । विराटनगरस्थित अतिथि सदनमा शुक्रबारदेखि सुरु भएको दुई दिने श्रावण मेलाको शनिबार समापन हुनेछ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्रावण मेलाको उद्घाटन गरेका थिए। माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुले अतिथि सदनमा सञ्चालित दुई दिने श्रावण मेलामा ३२ स्टल रहेको बताइन् ।




















