विराटनगर । विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य संजीवकुमार साहको निधन भएको छ । विराटनगर वड़ा १३ निवासी संजीव कुमार साहलाई अकास्मात असहज भएपछि उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

आकस्मिक कक्षमा भर्ना गरिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मोरङ प्रहरीका प्रवक्ता कोपिला चुडालले हृदयघातका कारण मृत्यु भएको खबर प्राप्त भएको जानकारी दिएकी हुन्। यद्यपी अस्पतालले उनको मृत्युको कारण यकिन गरेको छैन ।उनलाई करेन्ट सक वा हृदयघात के भन्ने यकिन नभएको प्रहरीले बताएको छ ।