विराटनगर । कोशी प्रदेशको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । 

शुक्रबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले विनियोजन विधेयक र अर्थ विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बर बहादुर बिष्टले घोषणा गरेसँगै बार्षिक बजेट पारित भएको हो ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बार्षिक बजेट प्रदेश सभामा पेश गरेको हो ।