विराटनगर। काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । १० करोडको चेक अनादर मुद्दामा कठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।
शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको जानकारी दिइएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको चेक बाउन्स आरोपमा जाहेरी दर्ता भएको थियो।




















