विराटनगर।असार १३ गते शुक्रबारदेखि मोरङको बुढीगंगा गाउँपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

बुढीगंगा गाउँपालिकाका अधिकृत एवं गाउँ युवा परिषद्का सदस्य सचिव कृष्णप्रसाद भट्टराई र गाउँका युवा परिषद्का अध्यक्ष पुजेश कोइरालाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर बुढीगंगा गाउँपालिकाका ७ वडा ७ र विद्यालय स्तरीय १ गरी ८ टिमको सहभागिता हुने बताए ।

असार १३, १४ १५ र १६ गते नकआउट चरणको खेल हुनेछ । असार १८ र १९ गते सेमिफाइनल र २१ गते फाइनल खेल हुने सदस्य सचिव भट्टराईले बताएका छन्। प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्ने छन्।