हात तिम्रो समाउँदा मन मेरो रमायो ,
तिम्रो स्पर्श को गरिमा मा
भुल्न मन लाग्यो,,
अव्दितिय सुन्दरी छौ
सारै मन नै लोभ्याऊने ,
भ्रममा परेको त हूँइन
कहिँकतै मन नै भरमाऊने ,,
आँखामा आई बस्यो
हृदयमा तिम्रै केवल तिम्रै छाँयाँ ,
यो मनबाट हट्दैन किन ?
हो किन ?तिम्रो माँयाँ ,,
कैयौं बसन्तहरू बितीगए तै पनि
तिम्रो माँयाँ सधैं उस उस्तै नै छ,
जति उमेर बितीगए पनि
तिम्रो लागी मेरो "प्रेम सधैं जवान छ ।।
रेणु उपाध्याय




















