विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालामाथि सामाजिक अभियन्ता एलिना प्रसाईमाथि सार्वजनिक रूपमा अभद्र व्यवहार गरेको आरोप लागेको छ।

एनिमल प्रिजर्भेसन नेपालकी अध्यक्षसमेत रहेकी प्रसाईले सोमबार सामाजिक सञ्जालमा भावुक हुँदै मेयर कोइरालामाथि यस्तो आरोप लगाएकी हुन्।

प्रसाईको भनाइअनुसार, उनी महानगरपालिकामा आफ्नो संस्थाको पहलमा सञ्चालित कुकुर संरक्षण तथा उपचार केन्द्रको सहयोगका लागि पुगेकी थिइन्। सहयोग गर्नु त परै जाओस्, मेयर कोइरालाले अपमानजनक भाषा प्रयोग गर्दै उनलाई कार्यालय परिसरमै अपमानित गरेको आरोप लगाएकी छिन्।‘मेरो दाजुलाई तँ साला गधा प्रसाई भन्दै दोस्रो तल्लासम्म खेदाउँदै, चिच्याउँदै, झण्डै हातपात गर्न खोजेको प्रसाईले रुदै सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमार्फत बताइन्।उनको भनाइअनुसार, उनी विगत लामो समयदेखि आफ्नै खर्चमा विराटनगर क्षेत्रका सडकमा रहेका घाइते, बिरामी तथा बेसहारा कुकुरहरूको उपचार, खाना, आश्रय र संरक्षण गर्दै आएकी छिन्। रानी आईसीपी रोड नजिकैको ६ कठ्ठा जग्गा भाडामा लिएर उनले सञ्चालन गरिरहेको आश्रयस्थल अहिले आर्थिक अभावमा परेपछि उनले संघ संस्था र सरकारी निकायमा सहयोगको याचना गर्दै आएकी थिइन्।

सामाजिक सञ्जालमा प्रसाईको भिडियो सार्वजनिक भएसँगै मेयर कोइरालाको व्यवहारमाथि सर्वत्र आलोचना सुरु भएको छ।उनले भनिन् यदि म वा मेरो दाइ साहिल प्रसाइँले एक शब्द पनि नराम्रो बोलेका छौं भने प्रमाण सहित अगाडि आउँनुस, सीसीटीभी फुटेज देखाउनुस्, सम्पूर्ण जनतालाई स्पष्ट देखाउनुस् ।

“फोहर गाली दिएको” भनेर झुटो आरोप लगाउँदै हुनुहुन्छ ।

मैले पहिला पनि भनेको थिएँ शेल्टर डुब्न लागेको छ भन्दा  हिलो खेल्न जानु त्यहाँ भनेर भनेको र

बिराटनगर डुब्न लागेको छ भन्दै आफ्नो गाडीकोढोका लगाउनु भएको थियो।उनले गुनासो यसरी पोकेकी छन्।