रङ्गेली। नगरपालिकाले गत शैक्षिक सत्र २०८१ मा बिद्यालयमा गुणस्तरीय शिक्षाका लागि काम गर्ने बिद्यालय शिक्षकहरूको उच्चस्तरीय मूल्याङ्कन गरि सम्मान गरेको छ।रङ्गेली नगरपालिका सामुदायीक बिध्यालयका तह गत शिक्षक , प्रधानाध्यापक , का स हुदैं समुदायमा सञ्चालित बालविकास केन्द्र सम्मका उत्कृष्ट शिक्षक कर्मचारी छनौट गरी रङ्गेली नगरपालिकाले सम्मान गरेको हो। 

सम्मानित शिक्षक कर्मचारीहरू क्रमशः प्राथमिक तह प्रधानाध्यापक:- शिवानन्द मण्डल

निमा प्र अ :- जागेश्वर मण्डल 

मा वि प्र अ :- केशरबहादुर बानिया

शिक्षकहरुमा क्रमश: 

निर्मला थापा , गुरु अधिकारी , माया दर्जी , निर्मल  राजवंशी , रितु झा , अनिलकुमार मण्डल 

कर्मचारी:- सञ्जय सिंह 

बालविकास केन्द्र बाट गोमादेवी अधिकारी सम्मानित  भएक हुन् । 

पालिकाले यसरी शिक्षक सम्मान गरिरहँदा शिक्षक कर्मचारीहरूको मनोवल बढ्ने , आफ्नो कार्यमा अझ बढी लगनशील हुने जसले गर्दा समग्र शैक्षिक बिकासमा सहयोग पुग्ने कुरा नेपाल शिक्षक महासंघ रङ्गेली नगर अध्यक्ष श्री चिरञ्जीवी काफ्लेले जानकारी दिए।