विराटनगर।असार ९ सुनसरीको बराहक्षेत्र नगरपालिका ५ को अमहा सिमसार जंगलमा कारभित्र बन्दुक फेला परेको छ। जंगलको भित्री सडक खण्डमा कारभित्र राइफल जस्तै बन्दुक भेटिएको प्रहरीले जानकारी दिएको छ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले दिएको जानकारी अनुसार धरानबाट कालाबञ्जारतर्फ आउँदै गरेको बा ६ च ८४०३ नम्बरको कालो रंगको कारलाई प्रहरीले शंका लागेर सोमबार बिहानको राति करिब १ बजेतिर रोकेको थियो। कार छाडेर कारभित्र रहेका ४–५ जना व्यक्ति फरार भएको खतिवडाले बताएका छन् । कारभित्र ‘मेडइन इङल्याण्ड’ लेखिएको राइफल आकारको बन्दुक फेला परेको हो।