विराटनगर।पथरी १९जेठ ,सृजना क्षेत्रको गतिविधिमा सक्रिय उत्तरपूर्वी मोरङको पथरी शनिश्चरेमा सञ्चालित नगरस्तरीय सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धाका उत्कृष्ठ १० मा छानिएकाहरुलाई सृजनशीलताको प्रवद्र्धन सम्बन्धि उत्प्रेरणामूलक तालिम सञ्चालन गरिएको छ ।
नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजनाको आइडल प्रतिष्पर्धामा फाइनलमा पुगेकाहरुलाई पत्रकार एवम् सर्जक भूपेन्द्रराज तिम्सिनाले सृजनात्मक गतिविधिका बारेमा जानकारी गराए। मनले बाँच्न र समाजलाई सृजनशील बनाएर अघि बढाउनु आजको आवश्यकता भएकाले सर्जकको भूमिका सोही अनुरुपको हुनुपर्ने विषय गहन रुपमा अघि सारे । कार्यक्रममा छनोट भएकाहरुलाई संस्थाका उपाध्यक्ष हरेन्द्र खत्री, सचिव लक्ष्मीप्रसाद फूयाँल, कोषाध्यक्ष अर्जुन सेञ्चुरीसहितले कार्यक्रमको लोगो अंकिट टिसर्ट वितरण गरेका थिए । ३ दिने बन्द प्रशिक्षणको दोस्रो दिन नाट्यकर्मी जीवन बरालले अभिनय कला र प्रस्तुतिकरणका सन्दर्भमा सहजीकरण गरे ।




















