नशा पिइ हेरिरहेँ अचम्मैकी राम्री 

नशा छोडी हेरेँ झन गजबैकी राम्री 


लाली बिनै ओठ  रसिलो गुलाफी 

हेर्दै  मात  लाग्ने झैं अधरैकी राम्री 


नयन थिए नशालु  डुबिरहुँ  जस्ता 

सागर जस्तो गहिरो नयनैकी राम्री 


बढे कदम सुस्तरि पुगेँ उनको सामु

धकाएर भागीन पर अदवैकी राम्री 


स्पर्स छ  केसको  कम्मरमा लामो 

हंसिनीको चाल चन्द्र रूपैकी राम्री 


जुन जस्तै  रुप फूल  जस्तै योवन

सादगीमै  बत्तीस  लक्षणैकी राम्री

अजिता प्रधान 

विराटनगर