आज बोटमा भाको फल भोली झर्न सक्छ
आज खुसी भाको मन भोली मर्न सक्छ
समय र मान्छे को कुनै भरोसा छैन हजुर
आज यता को माया भोली अन्तै सर्न सक्छ !
मुक्तक-:२
सरकार चोर छोड्छ सज्जन समाउछ
सरकार भष्टाचार गर्छ आफै रमाउछ
कस्ले भन्यो सरकार ले काम गरेन
सरकार युवा बेच्छ पैसा कमाउछ !
मुक्तक-:३
पस्नै नपर्ने ठाउँमा कसरी पस्न पुगे पत्तै भएन
बस्न नपर्ने ठाउँमा कसरी बस्न पुगे पत्तै भएन
नाथे यो जिन्दगी ले पनि के के गराउछ गराउछ
फस्नै नपर्ने ठाउँमा कसरी फस्न पुगे पत्तै भएन !
मुक्तक-;४
तिम्रो लागि जल हुन सक्छु पानी हुन सक्छु म
तिम्रो लागि नयन हुन सक्छु नानी हुन सक्छु म
तिम्रो सादगी प्रति यदि कसैले प्रश्न उठाउछ भने
तेस्ता को लागि घनघोर बेइमानी हुन सक्छु म !
लब खड्का
बुढानिलकण्ठ हात्तिगाँडा काठमाडौ ६
जय भद्रकाली !




















