विराटनगर। प्रेस चौतारी मोरङले डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी क्षमता विकासको ३ दिने तालिम शुरु गरेको छ।

जेठ ३ गतेसम्म सञ्चालित उक्त तालिम विराटनगर महानगरपालिकाको सहकार्यमा प्रेस चौतारी मोरङको आयोजनामा भएको हो।

तालिममा प्रेस चौतारीमा आवद्ध पत्रकार, सञ्चारकर्मी सहभागिता रहेको थियो। तालिम सहजीकरण प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईले गरेका थिए।भने भट्टराईले समाचार लेखन, सामग्री सम्पादन, तथ्य जाँच डिजिटल सुरक्षा, एआई उपकरणको प्रयोग र सामाजिक सञ्जालमा प्रभावकारी उपस्थिति कसरी कायम राख्ने भन्नेबारे व्यावहारिक ज्ञान प्रदान गरेका थिए।

प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापाले तालिमले सञ्चारकर्मीहरूलाई प्रविधिसँग अभ्यस्त बनाउने बताएकि थिइन्।