सुनमायाले सुन लाएर  भेट्न आउनु भनि

जून मायाले गुन लाएर भेट्न आउनु भनि

परे है म त दोधारमा 

दुई मोरीको संघारमा

भनिदेउ न सान्नानी कसलाई भेटौँ म?


????????????????

कति हिँड्नु तर्केर लौ मायासँग झर्केर

बसेका  छन् दुईजनै चौतारीमा पर्खेर

जाउँ त कसलाई भेट्न जाउँ 

यो मनको प्यास मेट्न जाउँ।

भनिदेउ न ठुल्नानी कसलाई भेटौँ म


????????????????

हेर्दा  हेर्दै  फुली गो  डाँडामुनि खरबारी

जसरी नि एउटी'सँ जोड्नै पर्ने घरबारी

दोधारमा   परे  म 

भेट्न जान भरे म

भनिदेउ न सान्नानी कसलाई भेटौँ म?


????????????????

चौरी गाईको छुर्पीलाई काट्नुपर्छ कर्दले 

जे जे पर्ला  दुवैलाई  आँट्यो हजुर मर्दले

एउटी  मनकी  रानी हो 

अर्की दिलकी खानी हो

जन्ती लिई दुबैलाई लिन जाने हो।


✍ नवशिला।

३१ बैशाख २०७७ (गोदावारी,ललितपुर)

बेलबारी -२, लालभित्ती, मोरङ।