तिमी   आउनु   देउरालीको  चौतारीमा  भेट्न 

त्यतै आउँला म नि माइली मनको प्यास मेट्न

रुमाल चिनु छाडौँला 

मनको माया बाँडौँला

जुनीभरिलाई......!!

????????????????

छिटको  गुन्यौ  पोटुकी  र चौबन्दीमा आउनु

आँखाभरि गाजल अनि  सिरबन्दीमा आउनु

देख्ने गरी नआउनु है जोरीपारीले

छल्लिएर आउनु है सल्लाघारीले

रुमाल चिनु छाडौँला 

मनको माया बाँडौँला

जुनीभरिलाई......!!

????????????????

सुस्त आउनु  गाउँलेले चाल नपाइकन आउनु

पाउजु बज्दा थाहा पाउँछन् नलाईकन आउनु

कुरा काट्छन् देखे  त जोरीपारीले 

छल्लिएर  आउनु  है सल्लाघारीले

रुमाल चिनु छाडौँला 

मनको माया बाँडौँला

जुनीभरिलाई......!!

????????????????

प्रेम   भरेर   हृदयभित्र   मनको  बाटो   आउनु

काफल खाउँला दुवै मिली वनको बाटो आउनु

हल्ला गर्छन् देखे भने जोरीपारीले 

छल्लिएर  आउनु है सल्लाघारीले

रुमाल चिनु छाडौँला 

मनको माया बाँडौँला

जुनीभरिलाई......!!


✍ नवशिला।

बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ।