काठमाडौँ। मिति ०८२/१ /३१ ।लघुकथा र ममता मृदुलसँग लघुकथामा बहस अध्याय -३ मा रमेन्द्र कोइरालाको लघुकथामा बहस कार्यक्रम सम्पन्न भएको छ ।
सर्वनाम थिएटर कालिकास्थान काठमाडौमा नारी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा लघुकथाकार रमेन्द्र कोइरालाका कथाहरू माथि व्यापक बहस र वाचन भयो । कथाकार कोइराला र उनका कथाकृतिहरूलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा वरिष्ठ नाट्यगुरू अशेष मल्ल प्रमुख अतिथिको रूपमा थिए । बिशिस्ट अतिथिमा लघुकथाको क्षेत्रमा पुरानो समयदेखी लाग्नुभएका वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतम,सर्जक , समालोचक तथा लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइराला, सिर्जना अभियानका अध्यक्ष तथा वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी उनिहरुले लघुकथाको सैद्धान्तिक पक्ष बारे चर्चा गरे । भने लघुकथाको वर्तमान अवस्था बारे विश्लेषण गरे । साथै यो बहस कार्यक्रमले लघुकथाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्ने आवश्यक रहेको चर्चा गरेका थिए। तुलसीहरी कोइरालाले रमेन्द्र कोइरालाको व्यक्तित्व,लघुकथाकारिता माथी चर्चा भयो । रमेन्द्रका भाइ लघुकथाकार पिपि कोइरालाले जेठो दाइ रमेन्द्रको संघर्ष ,पारिवारको कठोर जिम्मेवारी निभाउँदै पनि प्रगति गरेको आदि चर्चा भए ।

त्यस्तै पूर्वका चर्चित नाट्यकर्मी भरत गुरागाई बर्बरिकले रमेन्द्रको लघुकथा "कपाल" माथि अभिनय गरेर सबैको प्रशंसा बटुलेका थिए । उक्त कार्यक्रम नारी श्रष्टा समाजकी अध्यक्ष ममता मृदुलले सन्चालन गरेकि थिइन्। रमेन्द्र कोइरालाको "फाटेको चप्पल ","जडौरी "र "डोरी "लघुकथा सङ्ग्रहबाट लघुकथाहरू वाचन भएका थिए।
प्रमुख :अतिथि अशेष मल्ल
कार्यक्रम सञ्चालक :ममता मृदुल
विशेष अतिथि :प्राडा लक्ष्मणप्रसाद गौतम ,श्रीओम श्रेष्ठ रोदन
तुलसीहरि कोइराला ,ध्रुव मधिकर्मी
लघुकथामा अभिनय :भरत गुरागाई बर्बरिक
वाचन गर्ने अतिथि लघुकथाकारहरु: दिव्य गिरी , धन्वन्तरी मिश्र कात्यायन ,रोशन पराजुली ,दीपक लोहनी ,पिपी कोइराला ,ध्रुवराज थापा पुरुष ,मन्दिरा मधुश्री ,तारा केसी ,
रन्जु खनाल,एन्जल निलु ,शान्ता तिम्सिना ,
प्रार्थना खनाल ,रामकुमार पन्डित लगायतको उपस्थित बाक्लो थियो।





















