अगाडि राम राम पछाडि छुरा घोप्ने यार देखी डराउनु
हिंड्दै जादा आधैमा साथ छोड्ने प्यार देखी डराउनु
अनुभव धेरै हुनुपर्छ एक नजरमा मान्छेहरू चिन्नुपर्छ
सानो गुनले ठुलो गुन फर्काउनुपर्ने वेविचार देखी डराउनु
जिन्दगी खेलको मैदान हो पटक पटक हारे पनि ठिकै छ
साच्चै भनौभने आफ्नो कम्जोर मनको हार देखी डराउनु
मुखले जति पनि तेल घसेर आफ्नो बनाउन सक्छन्
होस गर्नु बिपत्तिमा तिनैको कालो व्यापार देखी डराउनु
गाडीको दुइवटै पाङ्ग्रा सहि हुँदा हुँदै कहिले
कहिले
जीवनको दर्दनाक मोडमा झर्ने सवार देखी डराउनु
अजिता प्रधान
विराटनगर




















