मसिनो नै परेको छ पानी ...
सम्झन्छु भिजायो होला तिमीलाई
त्यो पातलो सेतो कुर्था ले के चिसो थाम्ला!
कठीन बनायो होला तिमीलाई ...
..शित जस्तै बनेर
छोडेको केशबाट तप्किंदोहो पानी..
बैसालु छातीमा
सर्दी लाग्न सक्छ....
यादहरूको गमलामा
प्रेमको फूल रोपेर
मौषम भित्र ....
सम्झिरहेछु तिमीलाई ....
.म किन तिमीलाई खुसी सम्झन्न...?
किन म तिमीलाई उमङ्गीत कल्पिन्न..?
गजव लाग्छ ...आफैंसङ
म किन यसरी एकोहोरो बहकिएको छु...?
तिमीले प्याराग्लाईडिङ गरेको तस्विर देखेर
ढुक्क ढुक्क आत्तिन्छ ..तन
तिमीले मर्सिडिज को झ्यालबाट हेर्दा
भगवान सङ
शुभ यात्रा कामना गर्छ मन
के यो प्रेम हो ?
के मांया यही हो?
थोयटटट.....
जिन्दगी...समय सङै छोटिंदै जान्छ
यादहरू झनझन ताजाबनेर
लम्बिँदो जान्छन ...
निश्चल मन र पवित्र अपनत्व बोकी
निश्वार्थ परिक्लपनामा टोलाएर
तिमीलाई हेरी रहेको छु..
मन भित्रको आँखीझ्याल खोलेर...
र........
आज...
एउटा फोटो
जवरजस्त पठाएँ प्रिय
यो वालमा..
तिम्रो खुसी
हेर या नहेर......
इन्द्र न्यौपाने
विराटनगर




















