धरान।सुनसरी नझरेका फूलहरूको आयोजनामा सञ्चालन हुने यसपटकको पलेँटीमा कवि पुरन याक्खा प्रस्तुत भएका छन् । धरान सङ्गीत प्रतिष्ठानको सभा हलमा सम्पन्न कार्यक्रममा कवि याक्खालाई प्रस्तुत गरिएको हो । 

वरिष्ठ साहित्यकार बम देवानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि, देवान किराती, गीतकार किरण टी लिम्बू, लेखक अमित थेबे, लेखक तथा अनुसन्धाता केशु विरही, मुक्तककार नवराज पोखरेल ‘नवशिला’ लगायतका स्रष्टा तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा सिजन श्रेष्ठ, रूपनारायण श्रेष्ठ, गीताप्रसाद श्रेष्ठ, खेमराज आचार्य, युवराज ठकुरी, देवान किरातीले उनको कविता सङ्ग्रह गर्भभित्रका कवितावाचन गरेका थिए ।

कार्यक्रममा कवि याक्खालाई ५१ हजार नगदले सम्मान गरिएको थियो । कवि याक्खाले हालै प्रकाशित गर्भभित्र कवितासङ्ग्रभित्रका गर्भभित्र र देउता शीर्षकका कविता वाचन गरेका थिए । कार्यक्रममा कलाकारहरू मेरिना राई, दुर्गा पराजुली, कृष्णराज श्रेष्ठ, पम्फा चाहर र रमेश राईको गायन प्रस्तुति रहेको थियो । 

कार्यक्रममा पत्रकार कृष्णचन्द्र सुवेदीलाई सम्मान गरिएको थियो । 

धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष रमेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेको रहेको थियो । 

२०४० को दशकदेखि कलम चलाउँदै आएका याक्खाका हालसालै मात्र ‘गर्भभित्र’ कवितासङ्ग्रह रहेको छ।


Messenger_creation_517A7C83-3E27-4BA1-A5F2-25B18ECD57E6