घटघट पार्थ्यो मदिरा 

हरपल गर्थ्यो नखरा

अभिनय गर्दे नटुवा

जग भर बन्थ्यो अगुवा 


खुसखुस गर्थ्यो कहिले 

जुस घुस खान्थ्यो जहिले

खुब खुन चुस्थ्यो दगुरी

उँ उडुस बन्थ्यो यसरी


खुब कर लिन्थ्यो असुली 

दलबल धेरै बटुली

सबतिर उड्थ्यो चिलझैँ 

फनफन घुम्थ्यो मिलझैँ


गमगम खान्थ्यो लठुवा 

न बन न भन्थ्यो भतुवा 

रगत पचायो जसले

रनवन खायो उसले


अघि अघि हिँड्थ्यो कसरी 

अझपनि अन्धो जसरी

घर मुनि जाँदा पहिरो

किन किन बन्थ्यो बहिरो

भुपाल अधिकारी 

विराटनगर 

परिश्रमी पाठशाला